धादिङ बैशाख ११ । निलकण्ठ नगरपालिका नगर शिक्षा समिति धादिडको शिक्षा अधिकृत केदार ढकालले विद्यालय मर्ज र तह घटुवामा मनोमानि गरेको आरोप लागेको छ ।
नीलकण्ठ न.पा. ८ मा रहेको कालिका आधारभुत विद्यालय मुरलीभञ्ज्याडमा छात्र छात्रा ११७ जना विद्यार्थी भएको सो स्कुललाई तह घटुवा गरी कक्षा ४ र ५ को भर्ना रोक्नु भन्ने ठाडो आदेश गरे सँगै उनलाई मनोमानि गरेको आरोप लागेको हो ।
एकीकृत अखिल नेपाल संगठन धादिङका बरिष्ठ उपाध्यक्ष तिलक चेपाङले आफ्नो फेसबुकमा लेख्छन्अ- ध्यक्षता र नेपाल शिक्षक संघ ३ नड्ड प्रदेश महासचिव दिपक सिंखडा, स्रोत ब्यक्ति सहितको मिति २०७५ वैशाख ४ गते बसेको बैठकले सामुदायिक स्कुल कक्षा १-३ मा १५ जना र १-५ मा न्युनतम ३० जना विद्यार्थि भएमा तह घटुवा, शिक्षक मिलान गर्ने आधारलाई लत्याएर मनोमानी ढंगले शैक्षिक अवस्था तहसनहस हुनेगरी पुनस् नगर पालिका शिक्षा समितिले निलकण्ठ न.पा.८ मा २०१७ सालदेखी संचालनमा आएको कालिका आधारभुत विद्यालय मुरलीभञ्ज्याडड्डमा छात्र छात्रा ११७ जना भएको १ देखी ५ संचालित सो स्कुललाई अधिकार बाहिर गएर तह घटुवा गरी विध्यालयलाई ४ र ५ कक्षाको भर्ना रोक्नु भन्ने ठाडो आदेश सहितको लिखित पत्र पठाएकोले हाम्रो पेशागत संगठन UANTO धादिङको गम्भीर ध्यानाकर्षण सहित तत्काल सो कार्य सच्च्याऊन हुन र वालवालिकाको शैक्षिक, नैसर्गिक अधिकारको हनन हुनबाट रोक्न र अब आईन्दा शिक्षा अधिकृत बाट आफ्नो स्वनिर्णय र अराजक यस्तो मनोमनी ढंग को ब्यवहार नदोहोर्याउन हुन समेत समयमै संपुर्ण नागरिक समाज,अभिभावकवर्ग, शिक्षा प्रेमी, जन सरोकार, अभिभावक संघ लगायत सबै निकायहरूलाई सजग र चनाखो रहन अपिल गर्दछौ ।
यस्तै मुरली भज्याङका स्थानिय नविन धमला आफ्नो फेसबुकमा लेख्छन् – जल माफिया,भू-माफिया मेडिकल माफिया भन्दा सबैभन्दा खतरनाक माफिया भनेको धादिङ जिल्लाको नगरपालिका र शिक्षा शाखाको मिलेमतोमा बनेको शिक्षा-माफिया खतरनाक देखियो।शिक्षाको सतही ज्ञान नभएकोले जनसमुहको कच्चा आत्मा माथि हस्तक्षेप गरेर त्यही समुहको नेतृत्व गर्दै अन्तत शिक्षालाई नै भ्रष्ट पारिदिएको छ।धादिङका शिक्षा शाखा अधिकृत केदार ढकाल ज्यू कानुनको भावना एउटै हुन्छ कि फरक-फरक हुन्छ?जबकी गर्नुपर्ने अर्कै हुन्छ।नत्र यी तपसिलका कुरा शिक्षामा लागू किन गर्ने?
१)नियम किन बनाउने ?
२)पुस्तक वितरण किन गर्ने ?
३)पाठ्यक्रम किन तयार पार्ने ?
४)भवन आकर्षक किन पार्ने ?
५)तथ्यांकको खात किन लगाउने ?
जबकि तिमी नगरपालिका प्रमुख ज्यू र शिक्षा शाखा प्रमुख ज्यू को मिलेमतोमा समाजले भोग्ने परिणाम रणभुमिमा हारेको सिपाही जस्तो र बालबच्चाको जीवन कठिन हुन्छ भने तिमिहरु माथी कुन प्रकारको कारवाहीले न्याय गर्ला त ? यदि तिमिहरुको संवेदनशील आत्मा हो भने ११७ भन्दा बढी विद्यार्थी भएको विद्यालय कुन आधारमा मर्ज हुन्छ?