काठमाडौं वैशाख,११ । व्रिटिश राजपरिवारमा नयाँ सदस्यको आगमन भएको छ । राजकुमारीले सोमबार लण्डनस्थित सेन्ट मेरी अस्पतालमा तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छ ।
राजकुमार विलियम र राजकुमारी केट मिडल्टन आफ्नो नयाँ सन्तानसहित निवासमा फर्किएका छन् । उनका पहिले नै एक छोरा र एक छोरी छन् ।
नवजात शिशु महारानीको छैठौं नाती हुन् । उत्तराधिकारीको पंक्तिमा उनी पाँचौं नम्बरमा छन् । नयाँ बच्चाको नामाकरण पछि गरिने छ ।
नयाँ सन्तान जन्मिने समयमा ड्युक अफ क्याम्ब्रिज स्वयं अस्पतालमा उपस्थित थिए । व्रिटेनको केन्सिङटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र परिवारका सदस्यहरु खुसी रहेको जानकारी दिएको छ ।
लण्डनका मेयर सादिक खानले पनि ट्विट गर्दै लण्डनबासीको तर्फबाट ड्युक र डचेस अफ क्याम्ब्रिजलाई पुत्र लाभ भएकोमा बधाई दिएका छन् ।
प्रधानमन्त्री टेरिजा मेले ट्वीट गरेर राजकुमार विलियम्स र राजकुमारी क्याथरिनलाई बधाइ दिएका छन् ।