‘ए मेरो हजुर ३’मा सलिन र साम्राज्ञी नहुने

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०७५

निर्माता सुनिल कुमार थापाले केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ३’मा नायक सलिनमान बनियाँ फाइनल भएको बताएका पनि यस चलचित्रमा नयाँ नायक–नायिका राख्ने निर्णय गरेको छ ।

उनले, यो चलचित्रमा सलिनले काम गर्छु भनेर मौखिक सहमती जनाइसकेको बताएका थिए । तर, चलचित्र ‘ए मेरो हजुर २’ विभिन्न देशमा रिलिज गरेर भर्खरै मात्र नेपाल फर्किएकी निर्देशक झरना थापाले चलचित्रका लागि नयाँ कलाकार खोजेको बताएकी छिन् ।

अब म चलचित्र ‘ए मेरो हजुर ३’को निर्माणको तयारी गर्दैछु । यो चलचित्रमा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह दुबै हुँदैनन् ।’

उनले यसको कारण खुलाउँदै भनिन् ‘पुरानै कलाकार राख्दा नविनता नहोला भन्ने हामीलाई लाग्यो । यसैले, सलिन र साम्राज्ञी दुबैलाई नदोहोर्‍याउने सोच बनाएका हौ ।
यसैले पनि झरना र सुनिलले यो जोडीलाई पर्दामा नदोहोर्‍याउने निर्णय गरेको हुनसक्छ । साम्राज्ञी र ‘ए मेरो हजुर २’को टिमविचको सम्बन्ध सुरुवातदेखि नै सुखद नभएको चर्चा थियो ।

साम्राज्ञी अहिले नयाँ प्रोजेक्टमा व्यस्त छिन् भने सलिनले पनि निर्माता केशव भट्टराइको चलचित्र ‘यात्रा ब्लग’मा काम गर्ने पक्का भएको छ ।

कतै, सलिनसँग पनि झरना र सुनिलको सम्बन्ध विग्रिएको त होइन घटनाक्रमले यस्तै देखाउँछ ।