अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको एक नग्र बन्दुकधारीले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिंगको रुपमा गरेको छ । उनको खोजी कार्य जारी छ
हमलाकर्ता स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेको र सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जनाएको छ ।
घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए ।
न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइट हाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।