धादिङ ज्यामरुङ बैशाख ९ । धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ सिम्लेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल नेशनल हस्पिटल कलंकीको प्रविधिक सहयोग, नेपाल एसिस्टेन्ट नयाँ बानेश्वर, Quest Pharmacuticals को सहयोग र Jyamarung Public Welfare Society को आयोजनामा उक्त बृहत स्वास्थ्य शिविर आयोजना भएको हो ।
शिविरमा ३ सय भन्दा बढी विभिन्न किसिमका रोगीहरुले स्वास्थ्य प्रशिक्षण गराएका
आयोजक संस्थाका महासचिव तारालाल धरेलले धादिङपोष्टलाई बताए ।
शिविरमा विरामीको अवस्था हेरि निःशुल्क औषधी वितरण गरिएको थियो । साथै नेपाल एसिस्टेन्ट नयाँ बानेश्वरका प्रवन्धक उत्तम थापाले शिविरमा उपस्थित विरामीहरुलाई जुस र विस्कुटहरु निशुल्क वितरण गरेका थिए ।