राष्ट्रपतिले फिर्ता गरे फ्रान्सको पदक

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

काठमाडौ, वैशाख,७ । फ्रन्सका तत्कालीन राष्ट्रपति ज्याक्स सिराकाले सन् २००१ मा लिएका अवार्ड सिरियाले आफ्ना राष्ट्रपति बसर अल असदलाई अवार्ड फिर्ता गरेको छ ।

फ्रान्सन्सका राष्ट्रपति इमानुयल मार्कोनको कार्यालयले सिरियामा रसायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै असदलाई १७ वर्ष पहिले दिएको पदक खोस्ने योजना पनि बनाएको थियो ।

तर, त्यसअघि नै असदले फिर्ता गरिदिएका छन् ।

नेपोलियन बोनापार्टद्वारा सन् १८०२ मा निर्माण गरिएको यो अवार्ड फ्रान्सन्सको हितमा योगदान दिने स्वदेशी तथा विदेशी नागरिकलाई प्रदान गर्ने गरिन्छ ।

असद यो पदक पाउने हाइप्रोफाइलमध्येका एक हुन् । उनलाई यो पदक सन् २००१ मा गरेको फ्रान्सको राजकीय भ्रमणका क्रममा प्रदान गरिएको छ ।

पछिल्लो समय अमेरिका र बेलायतसँगै फ्रान्सले असद नेतृत्वको सरकारविरुद्ध बमबारी गरेपछि क्रूद्ध बनेका आसदले पदक फिर्ता गराएका हुन् । सिरियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फ्रान्सले असदलाई प्रदान गरेको प्रतिष्ठित अवार्ड दमास्कसमा रहेको रोमानियन दूतावासमार्फत फिर्ता पठाएको हो ।