थाँक्रेको लोक प्रतिभाको उपाधी दया सुवेदीले जितिन्

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०७५

धादिङ थाँक्रे । धादिङको थाँक्रे गाउँपालिमा आयोजित थाक्रे लोक प्रतिभाको उपाधी दया सुवेदीले जितेकी छिन् ।

थाक्रे महादेवबेशी स्थित जनजागृती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको लोक प्रतिभाको उपाधी दया सुवेदीले जितेकी हुन् ।

उपाधी हातपारे सँगै उनले १० हजार नगद रुपैँया, ट्रफी, प्रमाणपत्र, टि।भी। प्राप्त गरेकी छिन् ।

प्रतियोगिताको फस्ट रनरअप सरिता घिमीरे, सेकेण्ड रनरअप सुरेस परियार र थर्ड रनरअप निरज परियार भएका छन् ।

उनिहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैँया सँगै ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कारहरु जिते ।

पुरस्कृतलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितीका अध्यक्ष जगन्नाथ नेपाल र थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले सँयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

थाक्रे लोक प्रतिभाको उपाधीका ७० प्रतिशत प्रतिस्पर्धीले प्रस्तुत गरेको कला र ३० प्रतिशत भोटको आधारमा विजेता घोषणा गरिएको थियो ।