धादिङमा प्रहरीले ठुलो मात्रामा लागुऔषध र विद्युतीय सामान बरामद

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २५, २०७४

धादिङ बेनिघाट रोराङ चैत २५। धादिङको बेनिघाट रोराङ गाउँपालिकाका स्थित मझिमटारबाट प्रहरीले ठुलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

काठमाडौबाट भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अबैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले आइतबार बरामद गरेको हो ।

सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा प्रहरीले मझिमटारबाट एचआर ५५ एन १९१० नम्बररको भारतीय कन्टेनरबाट विद्युतीय सामान र चुरोट बरामद गरेको धादिङका जिल्ला प्रहरी प्रमुख ध्रुवराज रावतले बताए ।

कन्टेनरबाट एक करोड ५० लाख बराबरको मार्लबोरो १७ हजार प्याकेट, पेन्टम ४ ब्राण्डको ३ थान ड्रोन क्यामरा र ब्याट्री, १६ सय थान घडी, चाइनिज मोबाईलहरु रहेको रावतले धादिङपोष्टलाई बताए ।

यस्तै गजुरी–१ गलौंदी स्थित पेट्रोल पम्प नजिकै काठमाण्डौबाट वीरगञ्ज जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट ७ वटा प्लास्टिकका बोरामा लुकाएको अवस्थामा एक सय ६६ किलो ६ सय ग्राम चरेस समेत प्रहरीले बरामत गरेको छ ।