माओवादी केन्द्र धादिङको सम्मान तथा प्रशिक्षण सकियो

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २४, २०७४

धादिङ चैत्र २४ । नेकपा माओवादी केन्द्र नीलकण्ठ १ र ५ को संयुक्त प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र नीलकण्ठ १ र ५ को संयुक्त प्रशिक्षण तथा सम्मान कार्यक्रम माओवादी केन्द्रका वडा नं. ५ का अध्यक्ष किशोर ढुंगानाको अध्यक्षता, माओवादि केन्द्रका केन्द्रिय सचिवालय सदस्य पुष्पबिक्रम मल्ल्को प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन ३ नं. प्रदेश उपाध्यक्ष शंकर अधिकारी, नीलकण्ठ नगरपालिका वडा नं.५ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नं. १ का अध्यक्ष गणेश गुरुङ, माओवादी केन्द्रका स्थानीय नेता, जनबर्गिय संगठनका प्रतिनिधि, पुर्व जनमुक्ति सेनाका नेतृत्व, सहिद परिवार, पार्टी सदस्यहरु लगायत अगुवा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा जनयुद्धकालमा भुमिगत (पुर्णकालिन ) भएर पार्टीको काम गर्ने कार्यकर्ताहरु र जेल हिरासत बस्ने कार्यकर्ताहरुलाइ प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।