मेयर ज्यू, कहिले सम्म धारामा धमिलो पानी आउँछ ?

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २४, २०७४

सरस्वती खाँड ठकुरी
धादिङबेसी चैत्र २४ ।
धादिङबेसी सदरमुकामबासीलाई धमिलो पानी खानु पर्ने वाध्यता नयाँ होइन । पटक-पटक सरोकारवालाहरुलाई खानेपानी समस्याका विषयमा बजारबासीले ध्यानाकर्षण गराउँदै आएका छन् ।

स्थानीय तहको निर्वाचनमा सबै जसो पार्टीका उम्मेदवारहरुले खानेपानी समस्याको समाधानलाई उच्च प्रथामिकतामा पनि राखे । तर आज पनि समस्या जहाँको तहि छ, आकाशबाट पानी परेको दिन सिधै धादिङबेसीबजारबासीको घर-घरका धारामा लेदो सहितको धमिलो पानी आईहान्छ ।

स्मार्ट सिटी बनाउने अभियानमा लागेका नीलकण्ठ नगरपालीकाका मेयर भिमप्रसाद ढुङ्गाना खानेपानी व्यवस्थापनको लागी आफै पैदलहिडेर मुहान अवलोकन नगरेका होइनन् तर नत बजारमा आवश्यकता बमोजिको खानेपानी वितरण भएको छ, न त खान योग्य पानी नै वितरण गरिने गरेको छ । मुसा कुहिएको, फोहोर मिसिएको, धमिलो पानी धारामा आउनेक्रम जारी रहनुले कुरा ठुला भए काम भएन भन्नेको बजारबासीको गुनासो जहाँको तहिँ छ ।

नगरपालिका त्यसमा पनि सदरमुकाम शिक्षा र स्वस्थ्यमा बृहत्तर सुधार योजना भएन भने स्मार्ट सिटी कसरी बन्ला ? गत साल धादिङबेसीमा देखिएको लामखुट्टे आतङ्कले दर्जनौ पिडित भए, यस वर्ष पनि डेङ्गु आतङ्क नहोला भन्ने आधार छैन । यसका लागि पूर्व तयारी योजना पनि केहि देखिँदैन, नगरपालिकाको बजेटमा विनियोजित सुचना क्षेत्रको लाखौ रकम सहि ढैगले सदुपयोग गरेको समेत देखिँदै ।

धादिङबेसीमा १ वटा टिभि, ३ वटा रेडियो, दैनिक र साप्ताहिक गरि ४ वटा पत्रिका र त्यति कै हाराहारीमा अनलाईनहरु छन् । यसमा कुनै पनि सार्वजनिक हितका सुचनाहरु प्रकाशन गर्ने गरेको देखिँदैन । कतिपय सार्वजनिक हितका सुचनाहरु सम्पादहरुले आफ्नै स्वविवेक प्रकाशन गर्ने गरेको बताउँछन् ।

स्मार्ट सिटी बनाउने योजनामा लागेको नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वस्थ्यमा आमुल सुधार र उद्योग व्यवसायलाई उचित प्रत्सोहान गर्न चुकेको प्रष्टै देखिन्छ ।