धादिङका पन्तको लोक प्रिय गित ‘जन्मदिन’ सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २३, २०७४

धादिङ चैत्र २३ । योम्सना म्युजिक प्रा.लि. को प्रस्तुतिमा धादिङ नीलकण्ठका कुमार पन्तको लोकदोहोरि एल्बम ‘जन्मदिन’ सार्वजनिक भएको छ ।

धादिङ नीलकण्ठ बसाह निवासी स्वरका धनी पन्तले पछिल्लो पटक लोकदोहोरी एल्बम जन्मदिन’ सार्वजनिक गरेका हुन् ।

चर्चित गायिका बिष्णु माझि र गायक कुमार पन्तको आवाज रहेको गीतमा गणेश अधिकारीको शब्द र संगीत रहेको छ ।

चर्चित मोडेल सारिका केसी र आशिर प्रताप जंग को अभिनय रहेको यस म्यूजिक भिडियोमा मोडेल सारिकाले प्रेमीलाई आफु मर्न तयार हुँदै आफ्नो मुटु दान गरेकी छिन् ।

अत्यन्तै माया गर्ने दुइ युगल जोडीको प्रेम कथामा आधारित यस म्यूजिक भिडियोको छायांकन मुकेश हुमागाईको र सम्पादन सुजन शाहीले गरेका छन् ।

यस्तो छ, म्युजिक भिडियो पन्तको