धादिङबेसी चैत्र १८ । धादिङबेसी स्थित जिल्ला अस्पताल प्राङ्गणमा चैत १ गते र यस अघिका विभिन्न ठाउँहरुमा भएको हाइड्रोसिल अप्रेसन शिविरमा स्वास्थ्यकर्मीको चरम लापर्वाही देखिएको छ ।
भरतपुरबाट आएका स्वास्थ्यकर्मीले ६० जनाको निःशुल्क हाइड्रोसिल अप्रेसन गरे जसमा ३० जना विगत १७ दिनदेखि अस्पतालको बेडमा उपचारत छन् ।
सामान्यतया हाइड्रोसिल अप्रेसन गरेको केहि घण्टा पछि घर जान सकिने भएतापनि स्वास्थ्य कर्मीहरुको लापर्वाहीले गर्दा ६० मध्ये ३० जना बिरामीहरुको घाउ पाकेकोले जिल्ला अस्पताल लगायत विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराई रहेका छन् ।
नीलकण्ठ साँङ्कोसका ८३ वर्षिय नरबहादुर भट्ट भन्छन्, झन बिरामी भैयो, चैत्र १ गते देखि अस्पतालमा छु, घाउ झनै पाकेको छ, झनै सास्ती भयो । उता बेडमा पनि आफुजस्तै अरु पिडित भएका छन् ।
सर्जनहरुको उपस्थितिमा भएको हाइड्रोसिल अप्रेसनमा स्वस्थ्यकर्मीको लापर्वाही भन्न नमिल्लने बताउँछन्, जिल्ला अस्पतालका नि. मेडिकल सुपरीटेन्डेन्ट सौगात महतो ।
कहिले काँही उमेर र बिरामीको स्वास्थ्यगत अवस्थाका कारणले हाइड्रोसिल अप्रेसन पछि घाउ निको हुन समय लाग्ने गर्दछ तर यो पटक देखिएको समस्या गम्भीर हो, १७ दिनदेखि केही बिरामी बेडमा रहेको र केही नियमित ड्रेसिङ गर्न आउने गरेका स्वीकार्दै सङ्ख्याबारे आफूलाई यति नै भन्ने जानकारी नभएको बताए ।
जिल्ला अस्पतालको कुनै पनि स्वास्थ्यकर्मीलाई सहभागी नगराई भरतपुरबाट आएका स्वाथ्यकर्मीहरुले उक्त शिविरमा हाईड्रोसिल अप्रेसन गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय धादिङको समन्वयमा भएको उक्त शिविरमा जिल्ला अस्पतालले शिविर संस्चालनको लागि स्थान मात्र उपलब्ध गराएको थियो ।
धादिङका स्वास्थ्यकर्मी सहभागि नगराईनु र बाहिरका विभिन्न कलेज अस्पतालमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराई शिविर संचालन गर्न नहुने आवाज उठ्न थालेको ।
जिल्ला अस्पताल मै कार्यरत डाक्टर स्वास्थ्यकर्मीहरुको कार्यशैलीमा स्थानीयले कमै प्रश्न गर्ने गरेपनि यस्ता वाह्य ठाउँबाट विभिन्न स्कुल अस्पतालबाट हुने शिविरहरुबाट गम्भीर स्वास्थ्यगत समस्या देखिने गरि कार्य हुने गरेको उदाहरणहरु प्रसस्त छन् । जिल्ला स्वास्थ्य कार्यालयले सुझबुझका साथ मात्र यस्ता मानव स्वास्थ्य सँग सम्बन्धीत शिविरहरु संचालन गर्न र गराउन अनुमति दिनुपर्ने स्थिति देखा परेको छ ।
यस्ता निःशुल्क स्वास्थ्य उपचारको नाममा समस्या झनै जटिल बनाइदिने अनि देशै भरी छरिएर बसेको सरकारी, प्राइभेट मेडिकलमा भर्ना गर्न बाध्य बनाउने । कतै मेडिकल माफियाहरुले जनता माथी ब्रम्मलुट गर्ने नियती त होइन ? थप प्रश्न खडा गरेको छ ।