धादिङ चैत्र १७ । नीलकण्ठ नगरपालिकाको सिफासिरमा जिल्ला शिक्षा कार्यालय धादिङले एक भ्रष्ट शिक्षिकालाई गुमगाम सरुवा गरेको छ ।
धादिङ जिल्लाको एउटा इतिहाँस बोकेको पुरानो सदरमुकाम रहेको सुनौलाबजार स्थित भैरवी उच्च माविमा १ लाख भन्दा बढी रकम हिना मिना गर्ने शिक्षिका शोभा दाहाललाई नगरपालिकाको सिफारिसमा जिल्ला शिक्षा कार्यालय धादिङले सरुवा गरेको हो ।
शिक्षा नियमावली अनुरुप सम्बन्धीत विद्यालयलाई जानकारी गराएर सरुवा गर्नु पर्ने प्रवाधान भएपनि त्यसो भएन नीलकण्ठ नगरपालिकोको सिफारिसको आधारमा ति रकम हिनामिना गरेको आरोपित शिक्षिका दाहाललाई तत्काल सरुवा गरियो ।
नीलकण्ठ नगरपालिका र जिल्ला शिक्षा कार्यालयलाई उक्त स्कुलका शिक्षकहरुले फागुनमा नै शोभा दाहालले फर्जी विल बनाई एउटै शिर्षकमा एक भन्दा बढी बील पेस गरेको १ लाख भन्दा बढी रकम हिना मिना गरेका दावी गर्दै छानविनको लागी लिखित माग गरेका थिए ।
लामो समय देखि भैरवी उच्च मावि नीलकण्ठ ६ सुनौलाबजार मावि वि.व्य. स. गठन नभएको र आधिकारिक रुपमा शाभा दाहाललाई प्र अ. को जिम्मेवारी नभएको तर वरिष्ट शिक्षकको नाताले आर्थिक कारोवारको लागि जिम्मेवारी दिई खाता सञ्चालन गरी दैनिक प्रशासन सम्हाल्दै आएकी थिईन् ।
आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालय धादिङबाट प्राप्त पुस्तकालय व्यवस्थापन शिर्षकमा ६ लाख ५० हजार जेष्ठमा नै लिई सामाग्री खरीद गरि केहि सामाग्रीहरुको दोहोरो बील बनाई पेश गरेको र १ लाख बराबर रकम फर्छौट नगरेको शिक्षकहरुले दिएको निवेदनमा उल्लेख छ ।
गत माघ १९ गते जिशिका धादिङ र २२ गते नीलकण्ठ नगरपालिकाका विललयका १४ जना शिक्षकले उचित छानविनको को लागि निवेदन दिएका थिए ।
यस रकम हिना मिना गरेको विषयलाई छाँया पार्दै सरुवा भएकी दाहाल विद्यालयको आर्थिक शाखाका हिसाव बरबुझारक नै नगरी सरुवा भएको विद्यालयमा गएकी छिन् ।