धादिङ चैत्र ७ । धादिङमा सहकारी मर्च हुने क्रम बढ्दो रहेको छ । धादिङ एकै समान उद्धेश्यका सहकारी मात्र हैन फरक फरक उद्धेश्य बोकेका सहकारीहरु समेत मर्च हुन थालेका छन् ।
धादिङमा पहिलो पटक ०६९ सालमा तीनवटा सहकारीहरु साविकको बसेरी गाविसमा रहेका सुनौलो भविष्य कृषि सहकारी संस्था, चक्रदेवि महिला सहकारी र बसेरी साना किसान कृषि सहकारी संस्था बीच मर्च थियो । मर्चपछि बनेको साना किसान कृषि सहकारी संस्था बसेरीमा नमुना सहकारीको रुपमा अगाडी अध्यक्ष सरस्वती दाहाल बताउँछिन् ।
यस्तै ०७१ कार्तिकमा महादेवस्थान रहेका दीपशिखा सामाजीक स्वावलम्बी बचत तथा ऋण सहकारी र दियालो साना किसान कृषि सहकारी संस्था बीच एकीकरण भयो । एकीकरण पछि बनेको दियालो साना किसान कृषि सहकारी संस्था अहिले बेनिघाट रोराङमा नमुना सहकारीको रुपमा अगाठी बढेको बताउँदै अध्यक्ष मेनका लोहनी भन्छिन् किसानको सहारा बनेको छ, हामी सबैको सहकार्यको रुपमा दियोलो बनाएका हौं ।
धादिङमा पछिल्लो पटक मर्च हुने सहकारीमा मलेखु फलफुल तथा तरकारी सहकारी संस्था लिमिटेड र महिला आत्मनिर्भर च्याउ उत्पादक सहकारी संस्था मर्च भएर बनेको मलेखु फलफुल तथा तरकारी सहकारीले अहिले तरकारी उत्पादन तथा विक्रि वितरण गर्दै आई रहेको छ । धादिङ मलेखुमा रहेका यस सहकारीको पछिल्लो अवस्था बारे बताउँदै अध्यक्ष टिका कंडेल भन्छन्, हामी एकताबद्ध भएका छौं, हामीले उत्पादन र वितरण गरेको तरकारी काठामाडौं, पोखरा, नारायणघाट सम्म पुग्छ ।
डिभिजन सहकारी कार्यालय धादिङको ०७४ असार सम्मको रेकड हेर्ने हो भने, धादिङमा विभिन्न उद्धेश्यका ४२१ वटा सहकारीहरु छन् । यी सहकारीलाई डिभिजन सहकारी कार्यालय धादिङले जुन जुन गाउँपालिकामा रहेका छन् सम्बन्धीत गाउँपालिकामा उक्त सहकारीको फाइल हस्तान्तरण गरि रहेको छ ।