धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ६, २०७४

धादिङ चैत्र ६ । डिभिजन सहकारी कार्यालय धादिङले सहकारीहरु स्थानीय गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

अहिले सम्म १० वटा गाउँपालिकालाई सहकारी सम्बन्धी आवश्यक सम्पूर्ण कागजातसहित हस्तान्तरण गरिएको छ । बाँकी तीन खनियाबास गाउँपालिका, निलकण्ठ र धुनिबेशी नगरपालिकालाई क्रमैसँग सहकारी हस्तान्तरण गरिने कार्यवहाक कार्यालय प्रमुख महेश्वर ढकालले बताए ।

धादिङ जिल्लामा छ वटा संघ र ४ सय १५ प्रारम्भिक सहकारी गरी कुल ४ सय २१ सहकारी संस्थाहरु रहेका छन् ।