धादिङका तीन जना पर्यटन व्यवसायी सम्मानित

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०७४

धादिङ चैत्र २ । धादिङ जिल्ला घर भई काठमाडौमा रहेर पर्यटन व्यवसाय गर्दै भएका तीन जना पर्यटन व्यवसायीहरु सम्मानित भएका छन् ।

गन्तव्य नेपालद्वारा आयोजित टुरिजम विजनेश अवार्ड कार्यक्रममा ट्रेकिङ विधाबाट धादिङ नीलकण्ठ नगरपालिका वर्डा नम्बर ११ का अध्यक्ष एवम् पर्यटन व्यवसायी  तिलक बहादुर थापामगर, पर्यटन व्यवसायी  पम्फा धमला र राजन शिंखडा सम्मानित भएका हुन् ।

सो कार्यक्रममा प्रज्ञा शर्मा, जिम्बाजाम्बु शेर्प, दावाछिरी शेर्पा सम्मानित भए यस्तै ट्राभल विधाबाट टासी गुरुङ, दिपेन्द्र कुमार घिमिरे, कमला गुरुङ, सुभाष भण्डारी रहेका छन् ।

त्यस्तै गन्तव्इ नेपालले राफ्टिङबाट चन्द्रबहादुर दाहाल, भेइकलबाट मनोज कुमार श्रेष्ठ र रमेश गौतम, रेष्टुरेन्ट विधाबाट प्रतिष्ठा अमात्य विष्ठ, क्लब तथा लञ्चबाट शमिर गुरुङ, दावा तामाङ, थाङका विधाबाट ली याउ वीई र रामबहादुर लामा सम्मानित भएका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टुरिजम विजनेश अवार्ड कार्यक्रमले मुलुकको आर्थिक सम्बृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपालमा राजनितिक मार्गचित्र बदलिएको र अब आर्थिक मार्गचित्र बदल्ने काम बाँकी रहेको बताए ।

भिजन भएको नेतृत्वलाई जनताको साथ आवश्यक रहेको पनि बताए । आर्थिक सम्बृद्धिको महत्वपूर्ण पक्ष पर्यटन भएकोले सबै एकजुट भएर अघि बढ्नुपर्नेमा प्रचण्डको जोड थियो ।