पृथ्वीको विकल्पमा मंगलग्रह

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०७४

एजेन्सी फागुन २९ । “मलाई लाग्छ हामी छोटा उडानहरू गर्न सक्षम हुन्छौँ, आउ जाउ गर्न सक्ने उडान । अर्को वर्षको सुरुबाट ।” उनले अस्टिन टेक्सासमा सम्पन्न साउथ बाइ साउथ वेस्ट फेस्टिबलमा उपस्थित दर्शकलाई भने ।
अर्को ‘सम्भावित’ विश्वयुद्ध सुरु हुनुअघि मानिसहरू उक्त रातो ग्रहमा पुग्नु महत्वपूर्ण हुने उनले बताए ।
मङ्गल ग्रहमा बस्ने बस्तीले आणविक युद्ध भएर पृथ्वीमा जीवन नास भएमा अर्को लामो अन्धकारको युगको सम्भावनालाई न्यूनीकरण गर्ने उनले सुनाए ।
तर समयका मामिलामा बदनाम मस्कले थपे “तर कहिले काहीँ मेरो समय तालिकामा केही तल माथि… तपाईंहरूलाई थाहै छ ।”
मक्सका लागि हाल भने उनको ‘मोडेल ३ टेस्ला’ कार माग अनुसार बजारमा पुर्याउने दबाब रहेको छ । उनको कार कम्पनी टेस्ला सो कारको उत्पादन लक्ष्यभन्दा निक्कै पछाडि रहेको छ ।
मङ्गलमा जीवन
इलोन मस्क निःशन्देह सिलिकन भ्याली, सम्भवत विश्वकै सबैभन्दा रोचक व्यापारी हुन् । उनको एकल प्रयासले मात्र अन्तरिक्ष दौड पुनः सुरु भएको छ ।
रकेट परीक्षणको शृङ्खलाबद्ध असफलता पछि र लगभग टाटपल्टिने अवस्थामा पुगेको उनको रकेट कम्पनी स्पेस–एक्सले यही फेब्रुअरीमा विश्वको सबैभन्दा ठूलो रकेट ‘फाल्कोन हेभी’ सफलतापूर्वक उडाएर विश्वलाई अचम्मित बनायो ।
उनको रकेट उद्योगको अन्तिम लक्ष्य निश्चय पनि मङ्गलमा बस्ती बसाउने हो । ‘फाल्कोन हेभी’को प्रक्षेपणको समय उनले मङ्गल ग्रहमा बस्ने बस्ती कस्तो सामाज हुनुपर्छ भन्ने खाका प्रस्तुत गरे ।
“मलाई लाग्छ मङ्गल ग्रहमा प्रत्यक्ष लोकतन्त्रिक सरकार हुनेछ– समाजका हरेक सदस्य संसदमा प्रतिनिधि रहने खालको लोकतन्त्र जुन प्राचीन समयमा रोम शहर–राज्यमा अभ्यासमा थियो ।” उनले भने ।
“हरेक व्यक्तिले उठेका प्रत्येक मुद्दामा भोट हाल्नेछन् ।”
मङ्गलको बस्ती मस्कको नजरमा अत्यन्त आवश्यक रहेको छ । यसले मात्र मानव जातिको अस्तित्वलाई सुनिश्चिता प्रदान गर्ने उनलाई लाग्छ ।
“फेरि अर्को विश्वयुद्ध हुँदैन भन्ने मलाई लाग्दैन ।” उनले भने ।
“विगत हेर्ने हो भने यो इतिहासको प्रवृत्ति रहेको छ ।
ठट्टा गर्दै मस्कले आफू पूर्णतः शून्यबाट नयाँ उद्योग खोल्ने सम्भावनामा उत्साही रहेको बताए । मङ्गल ग्रहमा नि त पिज्जा चाहिन्छ र एक दिन मानिसहरू मङ्गल ग्रहको बारमा पिइरहेको हुनेछन् ।
अत्यन्त आवश्यक
विगतमा पटक पटक भनेका आफ्नो चिन्ता दोहोर्याउँदै मक्सले भने “मानव जीवनका लागि आणविक बमभन्दा ठूलो अस्तित्वको खतरा ‘आर्टिफिसिएल इन्टलिजेन्स (ए.आई)’ बाट रहेको छ ।”
ए.आई. विज्ञहरूले मस्कले ए.आई. बाटको खतरालाई बढाईचढाई गरिरहेको आरोपलाई पन्छाउँदै उनले भने– “ए.आई. आणविक बमभन्दा निक्कै खतरनाक छन् ।”
“यिनबाट सर्वसाधरणलाई गम्भीर खतरा छ । ए.आई.बाट हुनसक्ने खतराबारे नियमन गर्न एक अलग सार्वजनिक निकायको चाहिन्छ । यो अत्यन्त आवश्यक छ । तर हामी यसप्रति बेवास्ता गरिरहेका छौं । यो बहुलापन हो ।” उनले भने ।
इलोन मस्कबारे तपाईंको धारणा मङ्गलमा जीवन बसाउने उनको दाबीलाई विश्वास गर्नुहुन्छ कि हुन्न त्यसमा निर्भर गर्छ ।
तर पनि मस्कबारे आम धारणा भने उनी उच्च कोटीको स्वप्नजीवी हुन् र उनले प्रयास गरेनन् र मङ्गलग्रह पुर्याएनन् भने हामीलाई अरू कसले पुर्याउँछ र भन्ने पनि छ ।