धादिङ, २४ फागुन । १०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ ।
रमेश अधिकारीद्वारा लिखित ५२ कविताहरु संग्रह नारी दिवसको अवसरमा धादिङबेसीमा विमोचन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाका प्र्मुख ढुङ्गाना र उपप्रमुख मनराज भण्डारीद्वारा गरिएको कविता संग्रह विमोचन कार्यक्रममा धादिङका १५ जना सर्जकहरुले महिला माथी हुने हिंसाको विरुद्ध आवाज कविता मार्फत उठाएका थिए । फोटोः सिताराम अधिकारी