धादिङ । डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को आयोजना र गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहलमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्ला मध्य धादिङको बेनिघाट र गजुरी गाउँपालिकामा आउदो चैत २ गते देखि निशुल्क प्राथमिक उपचार सम्बन्धि एक दिवसीय तालिम प्रदान गरिने भएको छ ।
एनआरएनए एनसिसि युएईका सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक ओम उप्रेतीका अनुसार बेनिघाट गाउँपालिकाको बेनिघाटस्थित चन्द्रोदय उच्च माध्यमिक विद्यालय विशालटार र गजुरी गाउँपालिकाको गजुरी बजारमा रहेको साना किसान बिकास बैंकको सभा हल तालिम केन्द्रका लागि छनोट गरिएको छ ।
दुई केन्द्रमा गरि झन्डै १०० जना भन्दा धेरै प्रतिक्षार्थीले भाग लिनेछन् । बेनिघाटमा हुने तालिमको लागि बेनिघाट रोराङ गाउँपालिका र रेडक्रस सोसाइटी प्रशाखा चरौदीको सहयोग रहनेछ । त्यसैगरी गजुरीबजारमा हुने तालिमको लागि लायन्स क्लब गजुरी धादिङ र नारी जागरण केन्द्र धादिङको सहयोग रहनेछ । साथै धादिङको बेनिघाट र गजुरीमा हुने दुवै कार्यक्रमको मिडिया सहयोगीको रुपमा धादिङ पोष्ट डटकम र सूचक सन्देश साप्ताहिक रहने छ ।
तालीममा सहभागी हुन चाहाने प्रतिक्षार्थीले आउदो सोमबारबाट आफ्नो विवरण सहितको फारम भर्न तोकिएको केन्द्रमा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन । कार्यक्रमको उद्घाटन कार्यक्रम सोही दिन विहान बेनिघाट केन्द्रमा गरिने समापन कार्यक्रम बेलुका गजुरी केन्द्रमा गरिने तय समेत गरिएको छ ।
तालिममा बेहोश(Faint)हिस्टेरिया (Seizure)अंगभंग भएमा (Fracture)निस्सासिएमा (Choking)विद्युत प्रबाह घात (Electronic shock) सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack) किराको टोकाइ (Insect bite) दम (Asthma)लु लाग्ने (Heat stroke)घात (Shock)स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।




