धादिङ फागुन १९ । नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाको रेडक्रस नीलकण्ठको सभापतिमा गोविन्द बुढाथोकी निर्वाचित भएका छन् ।
नीलकण्ठ उपशाखाको शनिबार भएको १३ औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशनबाट सभापतिमा बुढाथोकी निविरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित पदाधिकारीहरुमा उप सभापतिमा धुव्र अधिकारी, सचिव मनिस दुवाडी, कोषाध्यक्ष सरोज रिजाल, उप सचिव रचना अधिकारी, उप कोषाध्यक्ष किरण कुमार श्रेष्ठ र सदस्यहरु महेन्द्र धमला, देव बहादुर श्रेष्ठ, गर्मेबहादुर मिजार, शान्तिकुमारी श्रेष्ठ रहेका छन् ।
नीलकण्ठ उपशाखाका सभापति रामहरि अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धादिङ शाखाका सभापति सीताराम कोइरालको प्रमुख आतिथ्यता र नीलकण्ठ नगरपालिका वडा नं. ३ का अध्यक्ष होम नाथ रिजालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ उपशाखाका सस्थापक सभापति बद्रि प्रसाद दाहाल र नेपाल रेडक्रस सोसाइटी, धादिङ शाखाका मन्त्री कृष्ण कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी, धादिङ शाखाका सभापति एवं प्रमुख अतिथि सीताराम कोइरालाले खोज उद्दार र राहत कार्यक्रम रेडक्रस धादिङले सहयोग गरिरहेको तथा भूकम्प पुनः निर्माण पनि सघाइराखेको जानकारी गराएका थिए ।
कार्यक्रमकै क्रममा संस्थापक सभापति एवं साहित्यकार बद्रिप्रसाद दाहालले रेडक्रसका जन्मदाता हेनरी ड्यूनाबाट प्रभावितभई खण्डकाव्य प्रकाशन गर्न लागेकोले रेडक्रस धादिङसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।