माओवादी केन्द्रले काउलेमा गर्यो, सहिद परिवार सम्मान

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७४

अमृत तामाङ,
धादिङ फागुन १७ ।
धादिङको नीलकण्ठ नगरपालिका १ खाल्टे काउलेमा माओवादी केन्द्रले सहिद परिवार सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा २३ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहको अवसरमा आयोजित सहिद परिवार सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

दश वर्षे जनयुद्धको क्रमा सहिद वेपत्ता र घाइतेहरुको बलिदानीबाट आएको गणतन्त्र धर्म निरपेक्षता, समानुपातिक, समावेशीतालाई जोगाइराख्नु सबैको दायीत्व रहेको कार्यक्रमका प्रमुख अतिथि भण्डारीले बताएका थिए ।

माओवादी केन्द्रकै विचारधारामा मुलुक अगाडी बढेकोले त्याग गरेरै भएपनि वाम एकताका माओवादी केन्द्रको मुल मर्म रहेको बताए । हामी मुलुकलाई समृद्धबनाउन वाम एकताअभियानमा लागेको बताउँदै भण्डारीले भने यो अभियानले सहिद व्यपत्ता र घाईते अपाङ्गहरुको उच्च सम्मान हुनेछ ।

माओवादी केन्द्र धादिङका सचिव मनराज भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिवालय सदस्य अमृत तामाङ, नेत्रावती डबजोङ गाउँ पालिका उपाध्यक्ष उर्मिला तामाङ, काहुराष्ट्र धादिङका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश गुरुङ, वडा नं. २ का अध्यक्ष ध्वज बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।