गुणस्तरिय शिक्षामा प्याब्सनको पहिलो जोड -साम्बाहम्फे

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०७४

धादिङ गल्छी बैरेनी, फागुन १८ । धादिङको गल्छी बैरैनीमा शुक्रबार सम्पन्न भएको प्याब्सन धादिङको ९ औं साधारण सभा सम्पन्न गर्दै केन्द्रिय अध्यक्ष विजय साम्बाहम्फेले प्याब्सनको पहिलो जोड गुरस्तरिए शिक्षा नै भएको बताएका छन् ।

साधारण सभा उद्घाटन गर्दै प्रमुख अथिति समेत रहेका साम्बाहम्फेले नेपालको शैक्षिक विकास प्याब्सन नभएको भए यति छिटो विकास नहुने दाबी समेत गरे । उनले नेपालको इज्जत जोगाउने अठोटका साथ अगाडी बढेको राज्यले प्याब्सनलाई अंकुश लगाएको छ, जसको कारण अभिभावकलाई चरम बोझ थुप्रो पार्नेगरि आर्थिक कर लगाईने गरिएको बताए । मुलुक संघीयता कार्यान्वयन सँगै ७५३ स्थानीय सरकार बनेको र प्रत्यके सरकारले आ-आफ्नै शैक्षिक नीति कार्यान्वयन गरिने हुँदा जिल्ला प्याब्सनहरु चनाखो हुनुपर्ने समेत साम्बाहम्फेले बताएका थिए ।

त्यस्तै कन्द्रिय महासचिव राजेन्द्र बानियाँले प्याब्सन सँग आवद्ध हरेक विद्यालयहरु शैक्षिक गुणस्तरमा उत्कृष्ठ हुनुपर्ने बताउँदै शिक्षामा अन्तराष्ट्रिय प्रतिस्पर्धा प्याब्सनले मात्र गर्न सकेको दावी गरेका थिए ।

साधारणसभाको अवसरमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सेवा पुर्याएका व्यवस्थापन समितिका अध्यक्षहरु मध्यबाट ग्लोबल यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका प्रेम कुमार श्रेष्ठ, संस्थापक प्रिन्सिपलहरु मध्यबाट यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका विश्वनाथ उप्रती, उत्कृष्ट माध्यामिक शिक्षक चिल्ड्रेन पार्क आवसिय मावि बाट केशवराज श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

यस्तै माध्यामिक विद्यालयहरुबाट शान्तीदीप एकेडेमी धुनीबेसीका पूर्ण बानियाँ प्राथमिक विद्यालयहरुबाट लुमिङ्ग लोटस बोर्डिङ धुनीबेसीका पवित्रा केसी, पूर्व प्राथमिक शिक्षकहरु मध्यबाट ब्राइट फ्यूचर सहकारी बोर्डिङ स्कुल मलेखुकी कौशीला बराकोटी र कार्यालय सहयोगीको तर्फबाट सुनगाभा एकेडेमी धादिङबेसीका लेखनाथ कोइरालालाई सम्मान गरिएको थियो ।

जिल्ला अध्यक्ष गोविन्द बुढाथोकीको अध्यक्षता र विश्वनाथ उप्रेतीको संचालनमा भएको उक्त साधारण सभाको उद्घाटन सत्रमा प्याब्सन केन्द्रिय समितिका उपाध्यक्ष शान्तविक्रम बानियाँ, केन्द्रिय उपमहासचिव, रमेश कुमार श्रेष्ठ, ३ नम्बर प्रदेशमा सल्लाहकार नवराज ओझा लगायतको विशेष आतिथ्यता रहेको थियो ।