धादिङ फागुन १५ । धादिङबेसी स्थित रायटारमा फागुन १६ गते (भोली) देखि धादिङ महोत्सव २०७४ सुरु हुने भएको छ ।
साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङद्वारा आयोजित धादिङ महोत्सव ०७४ को उद्घाटनको दिन (फागुन १६ गते) र समापनको दिन (फागुन २७ गते) टिकट निशुल्क हुने आयोजकले जनाएको छ ।
महोत्सव तयारी सकिय सँगै मंगलबार बेलुका आयोजित पत्रकार सम्मेलन गर्दै आयोजक संस्था धादिङका अध्यक्ष रामलाल श्रेष्ठले भने महोत्सवको सम्पूर्ण तयारी सकिएको छ, महोत्सव उद्घाटनको लागि प्रदेश ३ का मुख्य मन्त्री आउने पक्का पक्की भएको थियो तर पछिल्लो चरणमा सचिवालयको मिटिङ प्रदेश मन्त्रीको सपथ ग्रहण तयारी लगायतका कारण आउन नसक्ने भएपछि नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गर्नुहुनेछ ।
महोत्सव भव्य र सव्य ढंगले हुन्छ त्यसका लागि सबै तयारी पुरा भएको छ स्थानिय उत्पादनलाई पहिलो प्राथमिकता महोत्सवले दिने समेत अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवको उदेश्यस्
जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लामा रहेको उद्योग, व्यवसायको प्रवद्र्धन गर्ने, जिल्लाको पर्यटन विकासमा मद्धत पुर्याउने, जडिवुटी उत्पादनलाई प्रचार प्रसार, प्रवद्र्घन तथा व्यवसायीकरण गर्ने, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने ।
महोत्सवको आर्कषणस्
कृषी प्रदर्शनी तथा विक्रि, दुध तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा विक्रि, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्रि, घरेलु व्यवसायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा विक्रि, साँस्कृतिक प्रदर्शनी, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, जडिवुटीको प्रदर्शनी विक्रि तथा जानकारी, शैक्षिक सामग्रीको प्रदर्शनी विक्रि तथा जानकारी, आदिवासी जनजातीय भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्रि, सुचना प्रविधी सम्वन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शनी तथा विक्रि, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहाँसिक स्थलको फोटो प्रदर्शनी तथा प्रवद्र्घन, रमाईलो मेला, जातिय खानाका परिकारहरु, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था गर्ने । हात्ती सफारी र हेलीकप्टरबाट धादिङका पर्यटकिय स्थलहरुको अवलोकनको व्यवस्था
कति गते कुन-कुन कलाकार आउँदै छन् ?
फागुन १७ गते
हाँस्य कलाकारः बल्छी ध्रुवे, राजु मास्टर
लोकदोहोरी गायक / गायीकाः बैकुण्ठ महत, उमादेवि खनाल
आधुनिक गायक/गायीकाः जीवन शर्मा
फागुन १८ गते
हाँस्य कलाकारः जोगिन्दर पानवाल
लोकदोहोरी गायक / गायीकाः बद्री पङ्गेनी, मन्जु गौतम
आधुनिक गायक/गायीकाः दिलराज पौडेल
फागुन १९ गते
लोकदोहोरी गायक / गायीकाः दयाराम पौडेल, सम्झना लामिछाने
आधुनिक गायक/गायीकाः हेमन्त शर्मा
फागुन २० गते
जादुमयी अन्तराष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती
फागुन २१ गते
हाँस्य कलाकारः सुबोध शर्मा
लोकदोहोरी गायक / गायीकाः कुलेन्द्र बि।क।, उमा श्रेष्ठ
आधुनिक गायक/गायीकाः कमल खत्री
फागुन २२ गते
हाँस्य कलाकारः धुर्मस सन्तली
लोकदोहोरी गायक / गायीकाः पशुपती शर्मा
आधुनिक गायक/गायीकाः सहिमा श्रेष्ठ
फागुन २३ गते
हाँस्य कलाकारः राजा राजेन्द्र
लोकदोहरी गायकरगायीकाः रामजी खाँड, सुनिता गुरुङ
आधुनिक गायक/गायीकाः वर्षा रावल
फागुन २४ गते
हाँस्य कलाकारः मुला साग, राजिव शर्मा
लोकदोहोरी गायक / गायीकाः खेम सेन्चुरी
आधुनिक गायक/गायीकाः हिमाल सागर
फागुन २५ गते
हाँस्य कलाकारः प्याकुली र भटभटे
लोकदोहोरी गायक / गायीकाः बविता क्षेत्री, प्रदिप रोक्का
आधुनिक गायक/गायीकाः रमेशराज भट्टराई
फागुन २६ गते
हाँस्य कलाकारः बेमान र सम्सुरी
लोकदोहोरी गायक / गायीकाः पूर्णकला बिसि
आधुनिक गायक/गायीकाः शिव परियार