धादिङ फागुन १२ । धादिङको नीलकण्ठ नगरपालिका वार्ड नं. ११ को ज्यामरुङ सिम्लेमा रहेको मन्जुश्री माविलाई रोटरी क्लब अफ काठमाडौ नर्थइष्टले ६ लाखको चेक हस्तान्तरण गरेको छ ।
रोटरी इन्टरनेशनलको ११३ औं वार्षिक उत्सवको अवसरमा रोटरी क्लब अफ काठमाडौ नर्थइष्टले ज्यामरुङ सिम्ले स्थित मन्जुश्री माविलाई जग्गा खरीदका लागि ६ लाखको चेक हस्तान्तरण गरेको हो ।
वर्डा अध्यक्ष तथा रोटरी क्लब अफ काठमाडौ नर्थइष्टका आगामी कार्यकालका प्रेसिडेन्ट तिलकथापा मगरको विशेष पहलमा भएको उक्त आर्थिक सहयोग कार्यक्रमको सभाध्यक्षता रोटरी क्लब अफ काठमाडौ नर्थइष्टका संस्थापक अध्यक्ष रोटरियन डा.दिनेश पन्तले गरेका थिए भने प्रमुख अतिथि धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनीले रोटरी क्लबलाई धन्यावाद दिएका थिए ।
कार्यक्रममा एसिस्टेन्ट गभर्नर हेमन्त ज्ञवाली, ज्यामरुङका स्थानिय तथा जापानमा रहेका प्रोफेसर डा.होमबहादुर रिजाल र वार्डका निर्वाचित जनप्रतिनिधि, स्थानिय समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।
मानविय सेवा भावले स्थापना भएको रोटरी क्लब नाफा रहित संस्था हो हामी सामाजिक सेवाभावमा समाजमा देखिने गरि कामहरु गरि रहेका छौ यो पछिल्लो काम हो यस्ता कामहरु निरन्तर गरि रहने रोटरी क्लब अफ काठमाडौ नर्थइष्टका आगामी कार्यकालका प्रेसिडेन्ट रोटरियन तिलक थापामगरले धादिङपोष्टलाई बताए ।