धादिङबेसी फागुन ७ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ प्राङ्गण आईतबार दर्शकहरुले खचाखच भरिए ।
विद्यालयको वार्षिक उउत्सव तथा अभिभावक दिवसमा नेपालका पछिल्लो पुस्ताका हाँस्यकलाकार सुबोध गौतम र आधुनिक गायक साजन आलेको प्रस्तसती रहने भएपछि विद्यालय प्राङ्गण दर्शकले खचाखच भएको हो ।
नीलकण्ठ नगरपालिका धादिङबेसी पुछार बजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले अभिभावका दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक प्रर्दशनी, जनप्रतिनिधि सम्मान तथा राष्ट्रिय कलाकारहरुको साथमा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो ।
विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विज्ञानका विभिन्न प्रर्दशनीहरु पनि देखाइएको थियो । साथै २०७३ सालमा प्रवेशिका परीक्षा उत्र्तिण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रदेश नम्बर ३ का नव निर्वाचित माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जमर्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा हास्य कलाकार सुवोध गौतम, विग आइकन तथा आधुनिक गायक साजन आले, लोक गायिका विन्दा परियार र स्थानिय हास्यकलाकारहरु रबि भट्टराई, धर्मेन्द्र श्रेष्ठ र मनिश श्रेष्ठले विशेष प्रस्तुति देखाएका थिए ।