धादिङबेसीमा लखन स्मृति दिवस मनाइयो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २, २०७४

धादिङ फागुन । नेपालका प्रथम सहिद लखन थापा मगरको १ सय ४१ औं स्मृति दिवस धादिङबेसीमा मनाइएको छ ।

नेपाल मगर संघ जिल्ला समिति धादिङको आयोजना र नीलकण्ठ नगरपालिका धादिङकोे आर्थिक सहयोगमा स्मृति दिवस मनाइएको प्रथम सहिद लखन थापाको गरेको हो ।

नेपाल मगरसंघ धादिङको अध्यक्ष सुरेन्द्र थापा मगरको सभापतीत्वमा सम्पन्न कार्यक्रममा जिल्ला समनय धादिङका सदस्य कृष्ण प्रसाद अर्यालको प्रमुख आतीथ्यता रहेको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक ध्रुर्वराज रावत,विभिन्न राजनैतिक दलका पाटी प्रतीनिधि,प्रहरी,शहित परिवार लगायतका व्यतिmत्वहरुको सहभागिता रहेको थियो । उपस्थित सबैले शहितको तस्विरमा माल्यअर्पण गरी शहितलाई सम्झिएका थिए ।

राणा शासनको विरुद्ध विद्रोह गरेपछि तत्कालीन सरकारले पक्राउ गरी वि. सं १९३३ साल फागुन २ मा उनलाई झुन्ड्याएर मारेको थियो ।