धादिङको नीलकण्ठ नगरपालिका अन्तर गत ज्यामरुङमा सामाजिक सेवा गर्दै आएको टुकी नेपाल समाजले दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
शिविरको पहिलो दिन जनभावना आधारभूत विद्यालय नीलकण्ठ १० धादिङ र जनज्योती आधारभूत विद्यालय त्रिपुरासुन्दरी गाउँ पालिका ७ धादिङका विद्यार्थी तथा शिक्षकहरूको दन्त परीक्षण गरिएको थियो ।
शिविरमा ४२ जना दाँत सम्बन्धी जटिल समस्या भएका बिरामीहरूको विशेष उपचार गरिएको थियो । स्थानीय जनसमुदायहरूको दाँत सम्बन्धी सम्पूर्ण समस्या निवारण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको टुकी नेपाल समाजका अध्यक्ष कमल सापकोटाले धादिङपोष्टलाई बताए । टुकी नेपालले धादिङमा स्वाथ्य र शिक्षामा सहयोग गर्दै आएको छ ।