मुरलीभज्याङमा तीन दिने उद्धारकर्ता तालिम सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, माघ २४, २०७४

अर्जुन खतिवडा
धादिङ मुरलीभञ्ज्याङ, माघ २४ ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित ज्यामिरेभञ्ज्याङमा तिन दिने ग्रामीण उद्यारकर्ता तालिम मुरलीभञ्ज्याङमा सम्पन्न भएको छ ।

मेडिकल्स् टिमको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय र मुरलीभञ्ज्याङ स्वास्थ्यचौकीको साझेदारीमा सोमबारदेखी सुरु गरिएको तालिम बुधबार (आज) सम्पन्न भएको हो ।

मुरलीभञ्ज्याङ स्थित प्रशन्न स्वास्थ्य आमा सहकारीको सभाहलमा सञ्चालन गरिएको तालिममा साविकको मुरलीभञ्ज्याङ, सांकोष र ज्यामरुङ गाउँ विकास समिति)का स्वास्थ्यका कर्मचारीहरु, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेवीकाहरु तथा गाउँका अगुवाहरुको सहभागिता रहेको थियो ।

कुनै पनि बेला हुने सम्भावित दुर्घटनामा परेका व्यक्तिहरुलाई तत्काल मृत्यु हुबाट रोक्ने मुख्य उद्देश्य रहेको तालिममा दुर्घटनामा परेकाहरुको अवस्थामा खरावी आउन नदिनको लागि अपनाउने उद्धार विधिको बारेमा गरिने कार्यहरुको बारेमा तालिम दिइएको आयोजक संस्था मेडिकल्स टिमले जानकारी दिएको छ ।

स्थानीय स्तरमा प्राप्त हुने साधनहरुको प्रयोग गरी स्टेचर बनाउने, ब्याण्डेज बनाउने, दुर्घटनाबाट भाँचिएका ठाउँमा सपोट दिने सामग्रीहरुको प्रयोग गर्ने, तथा विभिन्न प्रकारका उद्धारका क्रममा कार्टुनका टुक्रा, प्लाइउडका टुक्रा प्रयोगदेखी ज्याकेट, सर्ट लगायतका कपडाहरुको प्रयोगको बारेमा समेत सहजिकरण गरिएको छ ।

सम्भावित विभिन्न प्रकारका घटना तथा दुर्घटनाहरुमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउनको लाािग तालिम संचालन गरिएको मुरलीभञ्ज्याङ स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । कुनै पनि दुर्घटनामा परेकाहरुको उद्धारमा कमी नरहोस् भन्ने हिसावले तालिम संचालन गरिएको छ, पौडेलले बताउनुभयो । तालिम पछि कोही व्यक्ति दुर्घटनामा परेभने तिनीहरुको उद्धार प्रभावकारी बन्ने अपेक्षा गरिएको पौडेलको भनाई छ ।

४६ जनाको सहभागिता रहेको तीन दिने तालिममा मेडिकल टिम संस्थाका कोअर्डिनेटर बिमल विष्ट, कोरियन नागरिक पिटर, स्वास्थ्यचौकी प्रमुख कृष्णप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तालिममा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. शिला सुनार र ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो ।