धादिङबेसीमा पहिलो पटक आधुनिक गायन प्रस्तुती सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, माघ २४, २०७४

धादिङबेसी माघ २४ । धादिङबेसी स्थित कवर्डहलमा आधुनिक गायन प्रस्तुती २०७४ भव्य रुपमा सम्पन्न भएको छ ।

नेपालका चर्चित संगितकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका उपकुलपति शम्भुजित बास्कोटाको विशेष आतिथ्यता र (प्राज्ञ परिषद सदस्य) प्रमुख, सङ्गीत विभाग कार्यक्रम संयोजक उन्नती बोहोरा शिलाको अध्यक्षतामा आधुनिक गायन प्रस्तुती ०७४ सम्पन्न भएको हो ।

राष्ट्रिय स्तरमा छवि बनाएका संजय खातुन, वानिका प्रधान, सुरेश लामा, टिका प्रसाई, विश्व नेपाली, मनोहर सुनाम, हिलारीबन्धु भुजेल लगायत गायक/गायीकाहरुको कार्यक्रममा बेजोड प्रस्तुती रहेको थियो ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीले यस कार्यक्रमलाई अवसरको रुपमा लिँदै कक्षा ७ देखि माथिका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएको थियो भने, जिल्ला स्थिति ससस्त्र प्रहरी नेपाल प्रहरी र सेनाका जवानहरु समेत कार्यक्रममा सहभागि थिए ।

राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठान नेपाल वागमती अञ्चलका उपाध्यक्ष कृष्ण शिशिरकोे संचालन रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याप्रसाद भण्डारी, प्रहरी प्रमुख विभिन्न दलका नेताहरुको विशेष आतिथ्यता रहेको थियो । प्रमुख जिल्ला अधिकारीले छोटो मनतव्य राख्दै धादिङमा पहिलो पटक आधुनीक आधुनिक गायन प्रस्तुती २०७४ आयोजना गरेकोमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान धन्यावाद दिएका थिए ।