गोपाल फ्युबा तामाङ
धादिङ दार्खा माघ २२ । धादिङको खनियाबास गाउँपाालिका अन्तरगत दार्खामा २८५४ औ खि ल्होछार भव्यताका साथ मनाइएको छ ।
खनियावास गाउॅपालिका वडा नं ४ स्थित लोजोङ गुम्बा प्राङ्गनमा बृहत सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाइएको हो ।
कार्यक्रम दार्खा सामुदायिक विकास समाज र भोक्टेनी आदर्श समाजको आयोजनामा भएको कार्यक्रममा संघीय कानुन न्याय तथा संसदीय राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
शुभकामना मन्तव्य राख्न प्रमुख अतिथि पाख्रिनले आपसमा मिली गरीबी र विपतसॅग मुकाविला गर्नुपर्ने बताए । अहिलेको सरकार लोकप्रिय कार्यभन्दा पनि संविधान कार्यन्वयनमा जोड दिइरहेको बताउँदै भूकम्प पिडितलाई थप्ने भनिएको रकम लोकप्रियताको लागि नभइ आवश्यकताको आधारमा निर्णय गरिएको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।