धादिङबेसी माघ १६ । धादिङको सिद्धलेकमा रहेको आयुर्वेद औषधि कम्पनीले व्यवसायीक तथा जडीबुटी खेती सम्बन्धी तालिम चलाउने भएको छ ।
धादिङ सिद्धलेक गाउँपालिकामा नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग बने सँगै जडीबुटी खेती सम्बन्धी तालिम संचालन गर्न लागेको हो ।
नलाङका बुद्धिमान शाक्य, ईश्वर सिलवाल, रुद्र भट्ट र रुक्मन राई मिलेर संचालनमा आउँदै गरेको यस आयुर्वेद औषधि उद्योग ले २०० भन्दा बढी किसानहरुलाई जडीबुटी खेती सम्बन्धी तालिम दिन लागेको संचालनक समितिका सदस्य बुद्धिमान शाक्यले बताए ।
तीन दिन सम्म चल्ले तालिममा वरिष्ठ आयूर्वेद तथा जडीवुट्टीको विज्ञहरु बाबुराजा अमात्य, मनोज के सी, वरिष्ठ वन विज्ञहरु, इमानाथ पौडेल, उन्नती सिंह लामा, वरिष्ठ कृषि विज्ञहरु केशव देवकोटा, सालिकराम चौधरी ले सहजिकरण गर्ने शाक्यले धादिङपोष्टलाई बताए ।
यो पनि पढौं
नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग धादिङ नलाङमा बन्दै
सोलुसन हर्वल कम्पनी प्राईभेट लिमिटेडको प्रेस नोट