धादिङको कुरीमा ल्होछार कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, माघ १४, २०७४

धादिङ खनियाँवास माघ १४ । खि ल्होछारको अवसरमा विभिन्न स्थानमा कार्यक्रम भइरहने क्रममा धादिङको खनियावास गाउॅपालिका अन्तर्गतको कुरीमा खि: ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

कुरी म्हन्दङ संरक्षण समाजको आयोजनामा शनिबार भएको कार्यक्रम पेम्बा तामाङको सभापतित्व रहेको थियो । कार्यक्रममा खनियावास गाउपालिकाका उपाध्यक्ष योमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा नं ५ का अध्यक्ष बुधराम तामाङ, वडा नं ४ का अध्यक्ष हरिसिङ तामाङ र वडा नं ३ को अध्यक्षको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङका सल्लाहाकार भक्त लामाको समेत विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति देखाएको गोपाल फ्यूवा तामाङले जानकारी दिए ।