धादिङका किसानहरुले कालो कुखुरा पाल्न इच्छा देखाए

Avatar photo
Dhadingpost
माघ १२, २०७४

धादिङबेसी माघ १२ । होलिस्टिक हेल्थ इन्टरप्राइजेज धादिङबेसी आयोजनामा कालो कुखुरा पालन सम्बन्धी छलफलका धादिङका किसानहरुले कालो कुखुरा पाल्न इच्छा देखाएका छन् ।

स्वास्थ्य वर्धक कालो कुखुरा पालन, यसको बजार र स्वरोजगारका बारे नेपालमा पहिलो पटक व्यवसायीक यात्रा सुरुगरेका पल्लभ बुढाथोकीले बताए सँगै धादिङका किसान कालो कुखुरा पालन तर्फ इच्छुक देखिएका हुन् ।

बुढाथोकिले बोसो नहुने हुँदा कालो कुखुराको मासु औषधीको रुपमा प्रयोग गरिने गरेको बताउँदै, पछिल्लो समय निरोगीहरुमा समेत कालो कुखुरा कै मासु रोजाइमा पर्न थालेको किसानहरुलाई बताएका थिए ।

प्राचिन कालमा भारतको उत्तरप्रदेशको जंगलमा पाइने कालो कुखुरा अहिले व्यवसायीक रुपमा पनि पालिन थालेको बताउँदै यो कुखुरालाई पूर्ण रुपमा छोडेर पाल्नु पर्ने, दाना खुवाउन नहुने तर मकै गहुँ, कोदो धान लगायतका अन्न र घाँस खुवाउनु पर्ने बुढाथोकीले ।

उनले प्रत्येक जिल्लामा कालो कुखुरा पालन केन्द्र स्थापना गर्न लागिएको बताउँदै धादिङमा कालो कुखुरा पालन गर्न इच्छुकहरुले होलिस्टिक हेल्थ इन्टरप्रइजेजमा सम्पर्क गर्न समेत आग्रह गरे ।

होलिस्टिक हेल्थ इन्टरप्राइजेज धादिङको प्रोपाइटर सुशिला रिजालले हामी रोग लागि सकेपछि उपचार खोज्छौ तर रोग लाग्न नदिने उपाए तर्फ ध्यान दिदैननौ होलिस्टिकको मुख्य अभियान नै कसरी निरोगी बन्ने भन्ने हो ।

हामी भातै खाने हो भने कालो चामल खान किन हिच्किचाउने ? मासु नै खाने हो भने बोसो रहित औषधी जन्य कालो कुखुराको मासु, गेडा गुडीमा कालो भटमास र कालो तिलले मानव स्वस्थ्यलाई चाहिने उच्चतम् पोषण दिने बताएकी थिइन् ।

धादिङमा कालो कुुखुरा पाल्न इच्छुकहरुको नामावली संकलन जारी रहेको र केहि दिन भित्र व्यवसायीहरुको इच्छा बमोजिम चल्ला र बयस्क कुखुरा वितरण गर्ने समेत रिजालले बताईन । कालो भुत्ला, कालो मासु र कालै हड्डी हुने यस कुखुरा व्यवसायीक रुपमा पालन गरिन लागेकोे धादिङ मा यो पहिलो हो ।

इच्छुक किसानहरुलाई सुरुमा १० वटा मात्र चल्ला पाल्न आग्रह गर्दै रिजालले धादिङका इच्छुकहरुलाई ९८४१५५८९१७ र ०१०५२१३४७ मा सम्पर्क गर्न समेत आग्रह गरिन् ।