न्यू किबोमा दन्त शिविर सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १२, २०७४

धादिङबेसी माघ १२ । धादिङबेसी स्थित नयू किबो बोर्डिङ स्कुलका अभिभावक शिक्षक तथा विद्यार्थी लक्ष्यित दन्त शिविर सम्पन्न भएको छ ।

कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलको सहयोगमा चलाईएको अभिभावक, शिक्षक तथा विद्यार्थी लक्ष्यित दन्त शिविरमा ४ सय जना भन्दा बढीले नि:शुल्क दाँत चेक गराएका थिए ।

विद्यालय स्तरमा आयोजना गरिएको यस शिविरमा डा. सौगात गौतम डा. आशिष कोइराला लगायत १५ जना उपचारमा सहभागी थिए ।