नीलकण्ठ नगरपालिका बजार व्यवस्थापनको लागि कडाई गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, माघ ११, २०७४

धादिङ माघ ११ । धादिङबेसी सदरमुकामलाई व्यवस्थित बनाउन नीलकण्ठ नगरपालिकाले आज देखि विभिन्न निर्णयहरु कार्यन्वयनमा ल्याएको छ ।

जिल्ला प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघ धादिङको सहयोगमा नीलकण्ठ नगरपालिकाले बजार क्षेत्रलाई व्यवास्थित बनाउने विभिन्न निर्णयहरु कार्यान्वयनमा ल्याएको हो ।

नीलकण्ठ नगरपालिकाले माघ ११ गते देखि लागु गरेका निर्णय यस्ता छन् ।

१ . धादिङबेसी बजार क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न बजार क्षेत्रको चापलाई मध्ये नजर मुल सडक दायाँ बायाँ कुनै पनि सवारी साधन पार्किङ गर्न नपाउने । नगरपालिकाले तोकेको विभिन्न क्षेत्रहरु (बीचबजारको लागि कवर्डहल अगाडी को खाली जग्गा मिलनटोलको संयुक्त यातयातको काण्टर अगाडीको काली जग्गा, सुगमटोलको लागी ओमशान्ती नजिकै रहेको खाली जग्गा, पुछारबजारको लागि बसपार्क र ग्रामिण यातयात रहेको घर भन्दा पछाडीको खाली जग्गा) पार्किङ गर्नुपर्ने ।

२. धादिङबेसीबजार क्षेत्र भित्र मालबाहक सवारी साधनले हरेक दिन बिहान ९ बजे देखि १०ः३० सम्म र दिउसो ३ः३० देखि ५ बजेसम्म स्कुल समय, सामान लोड अनलोड गर्न नपाउने र सामान लोड अनलोड भइरहेको अवस्थामा समेत समय अवधि भित्र सामान लोड अनलोड नगर्ने तथा उक्त गाडीको पार्किङ खुल्ला मञ्चमा गर्ने वा व्यवसायी आफैले व्यवस्था मिलाउने ।

४. धादिङबेसी बजार क्षेत्रभित्र घर बनाउने निमार्ण सामग्रीका कारण सडक अव्यवस्थित र फोहोर भएको कारणले सामान अनलोड भएको २४ घण्टा भित्र सडकबाट सामान हटाउनु पर्ने र उक्त सामानका कारण सडक फोहोर भएका सामान राख्ने व्यक्तिले नै पुर्ण रुपमा सडक सफा गर्नुपर्ने निर्णय गरेको थियो ।

५. स्थानी बजारबासी व्यवसायीहरुले पसलका सामान सटरभन्दा बाहिर राख्न नपाउने ।

६. व्यवसायीक बोर्डहरु पसलको सटरभन्दा बाहिर राख्न नपाईने ।

७. सबै गाडी बसपार्कमा पार्किङ गर्नुपर्ने, बसपार्कबाट छुटेको बस २० मिनेट भित्रमा पुछारबजार पुल क्रस गरिसक्नु पर्ने