उद् घाटनकै दिन १,२०,२६५ संकलन
धादिङ सिद्धलेक माघ ११ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङको मिन्दुका माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालनार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ, धार्मिक एवं शैक्षिक महोत्सव सुरुभएको छ ।
धादिङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भुमिप्रसाद त्रिपाठीले पानसमा बत्तीबालेर उद्घाटन गर्नुभएको धार्मिक एवं शैक्षिक महोत्सव माघ १८ गते अपरान्ह ४ बजे सम्म संचालन हुने छ ।
बालतपस्वी पं. श्री उत्तम भट्ट महाराजको मुखारविन्दबाट कथा वाचन हुने महायज्ञको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले धार्मिक महोत्सव संचालन गरि सामाजिक सेवामा समर्पित भएको भन्दै पंडित भट्टको खुलेर प्रसंशा गरेका थिए ।
महोत्सव उद्घाटन समारोहका विशेष अतिथि प्रदेश सभा सदस्य शालिकराम जमकट्टेलले मिन्दुकामा ११ र १२ कक्षा संचालनार्थ यस अभियानमा सक्दो सहयोग गर्ने बताए । गाउँपालिका अध्यक्ष प्रेम सिलवाल र वर्डा अध्यक्ष चन्द्र सिलवालले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
उद्घाटन कार्यक्रममा नलाङ बैरेनी निवासी सिता सिलवाल लम्सालले ५० हजार ६ सय र नलाङ बैरेनीबाटै विष्णुप्रसाद तिमिल्सिनाबाट हजुरबुबा कृष्माखर, हजुरआमा हिरादेवी तिमिल्सिना र बुबा धर्मदत्त तिमिल्सिना लगायत समष्त पितृ उद्धारको कामना गर्दै ५० हजार ५ सय ५५ दान गरेका थिए यो सँगै आज १ लाख २० हजार २ सय ६५ रुपैया नगद दान संकलन भएको आर्थिक दान संकलन उपसमितिका संयोजक टंकनाथ तिमिल्सिनाले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी अर्यालको सभापतित्वमा संचालन भएको धार्मिक एवं शैक्षिक महोत्सवको उद्घाटन सत्रको संचालन विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद रिमालले गरेका थिए ।