एड्भान्सको वार्षिकीमा हाँस्य र लोक कलाकारको वेजोड प्रस्तुती

Avatar photo
Dhadingpost
सोमवार, माघ ८, २०७४

धादिङबेसी माघ ८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमी प्राङ्गण दर्शकले खचाखच भरिएको थियो । कलाकारलाई के चाहियो र दर्शकको भिड अगाडी भएपछि राजा राजेन्द्र र प्रकाश कटुवालले भरपुर मनोरञ्जन दिएका थिए ।

एड्भान्स एकेडेमीले आफ्नो १२ औं अभिभावक दिवस मनाउने कार्यक्रममा यी द्वय हाँस्य कलाकार राजा राजेन्द्र र लोक गायक प्रकाश कटुवाल ल्याइएको हो ।

यी दुई कलाकार आउने भन्न थाहा पाएर धादिङ कटुञ्जेबाट आएका प्रकाश तामाङ भन्छन्- हँसाउनु हँसाए , नचाउनु नचाए धादिङबासीका लागि यो अवसर प्रदान गर्ने एड्भान्स एकेडेमीलाई धेरे-धेरै धन्यावाद ।

राजा राजेन्द्रले प्रहसन देखि शैक्षिक सुधारका खुराकबाट मनोरञ्जन दिएका थिए । उनले व्याङ्ग्य प्रयोग गर्दै नीजि क्षेत्रका विद्यालयहरुले अंग्रजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर पार्न नहुने भन्दै सुझाव समेत दिएका थिए ।

जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरु भुमि त्रिपाठी र खेम लोहनीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुमी त्रिपाठीले धादिङलाई गर्व गर्न लायक आफ्नै ५ वर्षे कार्यकालमा बनाउने दावी गरे । हाम्रै कार्यकालमा जिल्लाका सबै वर्डाहरुमा सडक पुग्छन्, भुकम्प पिडितका सबै घर बन्छ, पर्यटन, कृषि र शिक्षामा आमुल परिवर्तनकारी नीति बनाइन्छ । त्यसैले बाम गठबन्धनका उम्मेदवारलाई जिताएकोमा लज्जीत हुनुपर्ने दिन आउने छैन, त्रिपाठीले भने ।

अर्का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले शिक्षामा व्यवहारिकता आवश्यक रहेको बताउँदै अबको मुलुक परिवर्तनमा शैक्षिक क्षेत्रको ठुलो भुमिका हुने बताएका थिए ।

कार्यक्रममा प्रमुख अथिति तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । गुराँस मिडिया हाउस धादिङ र धादिङ नाट्या समुहले पनि व्याङ्ग्यात्मक प्रस्तुती देखाएका थिए । कार्यक्रमा १२ औं एड्भान्स स्पोर्टस फेस्टिबलमा पुरस्कृत शिक्षक/शिक्षिका र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका थप दृस्यहरु