धादिङबेसी माघ ८ । धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीले धादिङ बोर्डिङ स्कुल जिल्ला कै नमुना योग्य विद्यालय भएको बताएका छन् ।
धादिङ बोर्डिङ माध्यमिक विद्यालयको २१ औं वार्षिक उत्सव समारोहका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य लोहनीले युग सुहाउँदो शिक्षा अबको अपरिहार्य बनेको बताउँदै अब वेरोजगार उत्पादन गर्ने शिक्षा नीति खारेज गरि सिप मुलक शिक्षा नीति ल्याइने समेत लोहनीले बताए ।
नेपाल विकासका दृष्टिकोलले नयाँ युगको सुरुवात भएको भन्दै अब बन्ने बाम सरकारले मुलुकको आमुल परिवर्तन गर्ने बताए । उनले विद्यालयले ल्याएको अंक नतिजाले मात्र उत्कृष्टताको मापन गरिन नसकिने बताउँदै त्यस विद्यालयमा पढेका विद्यार्थीको आचरण पछि सम्मको व्यवहार देखियो, त्यो नै उत्कृष्ठताको मापन हुने बताए ।
जिल्लाको अब्बल स्कुलको रुपमा विद्यालयलाई स्थापित गराउन सहयोग गर्ने सबैमा प्रिन्सिपल हरि लम्सालले धन्यावाद तथा आभार व्यक्त गरेका थिए ।
उत्कृष्ट नतिजा ल्याई रहेको धादिङ बोर्डिङको वर्षिक उत्सव तथा अभिभावक दिवसमा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञान प्रविधि सम्बन्धी विद्यार्थीले बनाएका विभिन्न उपकरणहरु प्रदर्शनी समेत गरिएको थियो ।
प्रदर्शनीमा देखिएको दृष्य