झार्लाङमा फुटबल सकियो, घाईतेलाई ५५ हजार सहयोग

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

धादिङ आश्विन २१ । रास्ट्रको उत्तरी धादिङको खनियाँबास गाउँपालिका अन्तरगत झार्लाङमा फुटबल प्रतियोगित सम्पन्न भएको छ ।

प्रतियोगितामा घाईते भएका खेलाडी रमेश तामाङको काधको हड्डी भाँचिएकोले उपचारको खर्चको लागि क्लवले सहयोग स्वरुप ५५ हजार तीस रुपैयाँ प्रदान गरेको छ ।

सबैका लागि खेलकुद, स्वस्थको लागी खेलकुद भन्ने मुल नाराका सहित श्री तातोपानी युवा क्लब झार्लाङ धादिङले आयोजना गरेको फुटबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बालाजु कराते-डो प्रतिष्ठान, नेपालका प्रमुख तथा अन्तराष्ट्रिय रेफ्रि ध्रुवविक्रम मल्ल गर्नु भएको थियो ।

आश्विन ६ गतेबाट संचालन गरिएको प्रतियोगितामा २० टिम सहभागि भएका थिए । प्रतियोगितामा साविकको झार्लाङको प्रथम वडा न. ६, दितिय वडा न.५, तृतीय वडा न.९, सन्तावना वडा न. ३ भएका थिए उनिहरुलाई क्रमस २० हजार, १५ हजार, १० हजार र शिल, प्रमाण पत्र, मेडल प्रदान गरिएको थियो ।

यसैगरी प्रतियोगितामा, उत्कृष्ठ गोल रक्षक रेप्पा लामा तामाङ वडा न.३, उत्कृष्ठ खेलाडी पत्रुश तामाङ वडा न. ९, उत्कृष्ट फरवार्ड सोम ब. तामाङ वडा न. ६ र उत्कृष्ठ रेफ्री प्रेम तामाङ वडा न . ६ लाई समेत पुरस्कृत गरिएको थियो ।

श्री तातोपानी युवा क्लब झार्लाङ धादिङको आयोजनामा साबिक झार्लाङ गा.वि.स को वडा स्तरिया फुटबल प्रतियोगिता विविध सास्कृतिक कार्यक्रम समापन गरिएको खेल संयोजक प्रेमबहादुर तामाङले बताउनु भयो ।

खेलाडी “रमेश तामाङ”को काधको हडडि भाचिएकोले उत्त खेलाडीको उपचारको खर्चको लागि तातोपानी युवा क्लवले मिति२०७४-असोज-१२ देखि २०७४-असोज-१९ गते सम्म अहावान/आग्रह गरेको सहयोग रु:.५५०३०।- (अक्षररुपि पच्पन्न हजार तीस रुपैयाँ सङ्कलन भएको छ । उक्त सहयोग रकम लिदै घाइते तर्फबाट हजुरबुबा । फोटो सौजन्यः प्रेम तामाङ