जसरी पनि समाउनुस है पुलिस दाइ,
मेरो दिल चोर्न खोज्ने अपराधीलाई।
एक बजे आँउछु भन्थ्यौ छ बजि सक्यो,
हैन कति घण्टाको हो यो मेरो पर्खाई।
आफ्नै श्रीमती पोईला जाँदा खुशी छु,
भेटेरै दिनु छ उनलाई धेरै धेरै बधाई।
यस धर्तिमा कति राम्री केटी पठायो,
भगबानले मेहनत गरेर बनाई बनाई।
यदि मन सँग मन मिल्छ भने उ सँग,
चाहे त्यो राई लिम्बू होस या दमाई।
नेपाल आईडलमा भोट गरेरै सकियो,
जोगाएको दुई चार पैसा खाई नखाई।
राजन त्रिपाठी
धादिङ्ग चरौदी