धादिङ, दार्खा ,श्रावण १३ । धादिङको उत्तरी क्षेत्रमा पर्ने दार्खा इलाका प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत भेटिएका छन् ।
बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीमा सुतेका गोर्खा घर भएका वीरबहादुर गुरुङ्ग शुक्रबार बिहान चौकी नजिकै मकैबारीमा मृत भटिएको प्रहरीले जनाएको छ ।
गत चैत महिना देखि दार्खामा कार्यरत मृतक गुरुङ्गको कसरी मृत्यू हुन गयो आवस्यक छानबिनको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुको नेतृत्वमा छानबिन तथा अनुसन्धान टोली शुक्रबार बिहानै दार्खा प्रथान गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।