धादिङ गल्छी साउन ३ । गल्छी गाउँपालिकाको प्रथम गाउँपालिका सभा सम्पन्न भएको छ ।
आम्दानीको स्रोत राम्रो भएको यस गाउँपालिकाले असार ३१ गते प्रथम गाउँपलिका सभामा प्रस्तुत गरेको २७ करोड ५० लाख ४० हजारको बजेट आज पास गरेको हो ।
गल्छी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि चालुमा ३ करोड ७० लाख, पुँजीगतमा १३ करोड ७५ लाख ३६ हजार र शर्सत प्राप्त अनुदान तर्फ ८ करोड २९ ३६ हजार रकम विनियोजन गरेको छ ।
बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको वडा नम्बर ५ वडा समेटेर वनाईएको गल्छी गाउँपालिका ८ वडा रहेका छन् ।
यी आठ वार्डको विकास पुँजीगत रकममा आर्थिक विकासमा ९८ लाख २४ हजार,सामाजिक विकासमा ३ करोड १३ लाख ५० हजार पुर्वाधार विकासमा ६ करोड ९४ लाख, वन वाताबरण तथा विपद व्यवस्थापनमा ६८ लाख, संस्थागत विकास, वित्तिय जोखिम न्युनिकरण र सुशासन तर्फ ९६ लाख ३० हजार विनियोजन गरिको बजेट सार्वजनिकि करण गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिना लामिछानेले गर्नु भएको थियो ।