धादिङ असार २५ । आज गुरु पूर्णिमा आजको दिनलाई ज्ञानको ज्योति दिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरिन्छ ।
आषाढ शुक्ल पूर्णिमाको दिनलार्ई गुरु पूर्णिमा भन्ने गर्छौं । कहिले असार त कहिले साउन महिनामा पर्न आउने यो पूर्णिमा यस वर्ष आजैका दिन परेको छ ।
गुरु व्यास को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको बिस्वाश गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन । उनी गुरुहरुका गुरु दतरात्रय का पनि गुरुका रुप मा मनिन्छन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिन लाई अति उतम मानिन्छ ।
गु’ र ‘रु’ दुई अक्षर मिलेर गुरु शब्द बनेको छ । यहाँ ‘गु’लाई अज्ञानको अर्थमा लिइएको छ भने ‘रु’लाई त्यसको निराकरणको अर्थमा लिन खोजिएको छ । गुरु शब्दको व्याकरणगत व्युत्पत्ति गर्दा ‘गुः अज्ञानं रौतीति गुरु’ हुन्छ । यसको अर्थ जसले अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको ज्योति जगाउने काम गर्छ त्यही नै गुरु हो भन्ने हुन्छ ।
गुरुले दिने ज्ञान र त्यस्को मानव जिवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँढ्यो उत्ति बढ्दै जान्छ । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ ।
गुरु पूर्णिमा कै अवसरमा आज गुरुहरूको सम्मानका लागि शनिबार विभिन्न सरकारी तथा निजी विद्यालय र क्याम्पसमा विद्यार्थीको संयोजनमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।