सत्यदेविका किसान अलैची खेती तर्फ आकर्षित

Avatar photo
Dhadingpost
बिहिबार, असार १५, २०७४

धादिङ असार १५ । खनियाबास गाॅउपालिका ५ सत्यदेवीका २० किसानहरूलाई अलैची खेती तर्फ आकर्षित बने सँगै विरुवा वितरण गरिएको छ ।

एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित जीविकोपार्जन कार्यक्रम अन्तर्गत उक्त गाउपालिकामा ८ हजार अलैचिको विरुवा वितरण गरिएको हो । अलैचिको उत्पादन निकै राम्रो हुने उक्त ठाउँलाई अलैची उत्पादनको पकट क्षेत्र बनाउने उदेश्यका साथ उन्नत जातको विरुवा बितरण गरिएको अक्सफाम धादिङका जीविकोपार्जन अधिकृत राजकुमार पाण्डेले जानकारी दिनु भयो ।

किसानहरुको जीविकोपार्जनको प्रमुख श्रोत अलैचि खेतिलाई बनाई आय आर्जनमा वृद्धी गर्ने उदेश्यले विरुवा वितरण गरिएको एक्सन नेपालका जीविको पार्जन अधिकृत प्रमोद भट्टले बताउनु भयो ।

प्रत्येक किसानलाई ४ सय का दरले विरुवा वितरण गरिएको र यसले आर्को बर्षबाट नै उत्पादन दिन सुरु गर्ने अलैची खेतिका प्रशिक्षक प्रकास दुवाडी बताउनु हुन्छ । तालिमसंगै अलैचिको विरुवा पाएपछि किसानहरु उत्साहीत भएका छन् ।