धादिङ असार १० । धादिङबाट ०७३ को एस्ईई परिक्षामा गजुरी गाउँपालिका १ स्थित मुनाल एकेडेमी जिल्ला प्रथम भएको छ । यस एकेडेमीबाट ३७ जना सहभागी मध्ये ए प्लस १४ जना, ए १४ जना बि प्लस ७ जना र बि २ जना विद्यार्थी उत्रिण भएसँगै मुनाल जिल्ला प्रथम भएको हो ।
जिल्ला प्रथम भएको मुनाल एकेडेमीका उत्कृष्ठ छात्र जयराम बरुवाललाई काठमाडौं स्थित ओक्सब्रिज कलेजले पूर्ण छात्रबृतिमा पढाउने भएको हो । मुनाल एकेडेमीले शनिबार विद्यालय प्राङ्गणमा विविध कार्यक्रमका साथ ८ औ बधाई तथा शुभकामना कार्यक्रममा प्यवसन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिले मुनाल एकेडेमीमा छात्रबृति लिँदै एसइइ ०७३ मा ३.८० जिपिए ल्याउने जयराम बरुवालको आर्थिक अवस्था कमजोर रहेकोले प्याब्सनको समन्वयमा प्यावसनका वरिष्ठ उपध्यक्ष डिके ढुङ्गानाले काठमाडौ स्थित ओक्सब्रिज कलेजमा पूर्ण छात्रबृतिमा अध्ययनको वातावरण मिलाइएको घोषणा गर्नु भएको थियो ।
प्याब्सनका केन्द्रिय कार्यसमितिका उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा माध्यामिक शिक्षा परीक्षा (एस्ईई) उत्र्रिण विद्यार्थी र अविभावक, शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नीजि विद्यालयलाई सरकारले गरेको विभेदकारी नीति अन्त्य हुनुपर्ने र नीजि क्षेत्रका विद्यालयले देखाएको व्यवसायीक शैक्षिक तदारुकता र सकाइलाई सम्मान गर्नुपर्ने बताउनु भएको थियो ।
यस्तै प्याब्सन धादिङका अध्यक्ष बुढाथोकिले धादिङका अधिकाँश विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) सहभागी विद्यार्थीहरुले सबै विषयमा ए प्लस ल्याए पनि स्वास्थ्य जनसंख्या र वातवरण विषयमा न्यून अंक ल्याउनुले जिपिए डाउन भएको भन्दै उत्तर पुस्तिका कसरी जाँचियो प्रश्न खडा भएको बताउनु भएको थियो ।
करेण्ट लागेर दुबै हात गुमाएका हरिबहादुर बरुवालले ओक्सब्रिज कलेजले छोरो जयरामलाई पढाउने बताए सँगै खुसीले गद्गद् भएका थिए । पाल्पामा विद्युत प्राधिकरणको जागिर कै शिलसिलामा करेण्ट लाग्दा दुबै हात गुमाए, सम्पति भनेकै यहि २ भाइ छोरा र १ छोरी हो जेठो टप टेन भित्र पर्दथ्यो तर परिक्षमा जिल्लाका उत्कृष्ठ भित्र पर्यो कसरी पढाउने चिन्ता थियो । त्यो पनि ओक्सब्रिज कलेजले जिम्मा लिने भएपछि आफुमा खुसिको सिमा नरहेको बताउनु भयो ।
आफुले पढाएका विद्यार्थी इन्जिनियर बनेका कति डाक्टर बन्दै गरेका छन् जयरामलाई नपढ्ने पढेर गरि खाँदैन भनेर ४ कक्षा मै फालिएको छात्रा हो उनको बुवाले मुनाल ल्याउनु भयो हामीले पुन भर्ना गरेर पाढायको छात्र हो अहिले जिल्लाभरि कै उत्कृष्ठ मध्य परेको मुनाल एकेडेमीका प्रिन्सिपल रमेश कुमार श्रेष्ठले बताउनु भएको थियो ।
त्यसो त मुनाल एकेडेमीबाट ३.८० जिपिए ल्याउनेमा छात्रा नम्रता श्रेष्ठ पनि छिन् । विद्यार्थी तर्फ उत्कृष्ठ हुनेमा व्राईट फ्युचर इ. वो. स्कुल सहकारी संस्था लि. बेनिघाट रोराङ की अविना अर्याल थिइन भने विद्यालय तर्फ जिल्ला प्रथम मुनाल एकेडेमी भएको थियो ।
विविध साँस्कृतिक मनोरञ्जनका साथ शिक्षक, विद्यार्थी अभिभावलाई सम्मान गरिएको कार्यक्रममा यस विद्यालयका अभिभावक तथा गजुरी गाउँपालिका प्रमुख राजेन्द्रविक्रम वस्नेत, उप प्रमुख, वडा अध्यक्षलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्यब्सन केन्द्रिय उपाध्यक्ष तथा धादिङ संस्थापक अध्यक्ष शान्तविक्रम वानियाँ, स्थानिय समाव सेवी पुर्षोतमदास श्रेष्ठ, गजुरी गाउँपालिकाका कार्यकारी अधिकृत लगायतको आतिथ्यता रहेको थियो ।