धादिङ असार ३ । धादिङको गल्छी गाउँपालिकामा रहेको सक्सेस बार्डिङ स्कुलका शिक्षक विष्णुलाल श्रेष्ठ पक्राउ परेका छन् ।
गल्छी गाउँपालिकावडा ४ गल्छीचोकमा रहेको सक्सेस इङ्लिस मिडियम बोर्डिङ्ग स्कुलका शिक्षक श्रेष्ठलाई जेष्ठ २७ गते मध्यराति आफनै घरमा डेरा लिई बसेकी आफ्नै १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
साविकको कल्लेरी निवासी बालिकाका अविभावकले छोरीको पढाई कमजोर भएको भन्दै उक्त वोर्डिङ्गमा भर्ना गरी कल्लेरीमै घर भएका शिक्षक श्रेष्ठ बस्ने घरको माथिल्लो तलामा आवास व्यवस्था मिलाई दिएका थिए ।