गल्छी गाउँपालिकाको पहिलो एजेण्डा खानेपानी र सरसफाई

Avatar photo
Dhadingpost
शनिबार, असार ३, २०७४

धादिङ गल्छी असार ३ । धादिङको गल्छी गाउँपालिकाका निर्वाचित प्रतिनीधिहरुले खानेपानी र सरसफाईलाई पहिलो एजेण्डा बनाएका छन् ।

गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले खानेपानी र सरसफाईलाइ पहिलो एजेण्डा तय गर्दै आगामी तीन वर्ष भित्रमा गाउँपालिकाका सबै घरमा खानेपानी र शौचालय निर्माण गरिसक्ने निर्णय गरेका हुन् ।

भूकम्पले वर्षौदेखि प्रयोग गरिरहेको खानेपानीको मुहान सुकेपछि गाउँबस्तीमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय बासिन्दाको भनाइ छ । भूकम्पपछि सुकेर बाँकी रहेका पानीका मुहान पनि खडेरीले धमाधम सुक्न थालेपछि त्यसको असर मानवमा मात्रै होइन पशु चौपायामा पनि परेको छ ।

भूकम्पपछि पानी कै लागि रातभर सुत्न समेत नपाइने बाध्यता रहेको गल्छी गाउँपालिका–२ का रामेश्वर खतिवडाले बताउनुभयो । पहिले देखिको समस्या समाधान नहुँदै दुई वर्षअघिको भूकम्प पछि धेरैजसो गाउँबस्तीमा मुहान सुकेपछि जताततै खानेपानीको हाहाकार परेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले बताउनुभयो ।

एजेण्डा खानेपानी र सरसफाई पहिलो एजेण्डा हुनै पथ्र्यो स्वागयोग्य छ तर १ महिनाको तलव थाप्ने तयारीमा रहेका चुनाव जितेकाहरुले माखो मारेका छैन् यो गर्छु र त्यो गर्छु भन्ने बाहेक केहि गरेका छैनन् हामी अब काम गरेको हेर्न चाहान्छौ एक स्थानियले बताए ।