नारायण सिलवाल
धादिङ जेष्ठ २१ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका सुनौनाबजार तल्लोबेसी स्थित उज्यालो बहुउद्धेसिय सहकारी संस्था लि.को अध्यक्षमा कृष्णबहादुर पोखरेल निर्वाचित भएका छन् ।
४ सय ६६ सेयर धनी रहेको यस सहकारीको शनिबार सम्पन्न भएको ९ औं साधारण सभा तथा चौथो अधिवेसनबाट कृष्णबहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा २ जनाको दावी भएपछि कार्यसमिति निर्वाचित गर्न हम्मे हम्मे परेको देखिन्थ्यो तर अन्तिममा गोविन्द बुढाथोकि र उहाँका समर्थकहरु अधिवेशन स्थलबाट बाहिरिएपछि पुष्प रेग्मी कोषध्यक्षमा निर्वाचित भएका थिए ।
प्रष्ट राजनीतिक गन्ध देखिएको उज्यालो सहकारीको साधारणसभामा आफुहरुले राजनीतिक पूर्वाग्रह नराखेपनि माओवादी केन्द्रले सहकारी मर्मभाव भन्दा विपरित प्रस्तुत भएको नयाँ शक्ति नीकट एक सहकारी सदस्यले बताए । सहकारीमा राजनीति गरियो, सहकारीको व्यवस्थित आर्थिक पारदर्शिता र सहकारीको मुल्य मान्यता अनुसार अगाडी बढु्न सबैको भावना समेटिनु पर्दथ्यो तर माओवादी केन्द्रको दम्भले सहकारी, सहकारी मुल्य मान्यतामा अगाडी बढ्नेमा उनले चिन्ता व्यक्त गरे ।
विष्णुप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न यस अधिवेशनको उद्घाटन माओवादी केन्द्रका जिल्ला सहसचिव तथा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले उद्घाटन गरेका थिए । यस सहकारीको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
निर्वाचित कार्यसमिति
१. अध्यक्षः कृष्णबहादुर पोखरेल
२. उपाध्यक्षः मानबहादुर श्रेष्ठ
३. सचिवः कृष्णबहादुर पोखरेल (क)
४. कोषाध्यक्षः पुष्प रेग्मी
५. सहसचिवः सविता कोइराला
६. सदस्यः प्रकाश पोखरेल
७. सदस्यः केशव सिंखडा
८. सदस्यः तिलकबहादुर श्रेष्ठ
९. सदस्यः सम्झना नेपाली
१०. सदस्यः रामु श्रेष्ठ
११. सदस्यः हरिदेवि कोइराला
लेखा समिति
१.यमप्रसाद कोइराला