धादिङ बैशाख ३० । धादिङ उत्तरी क्षेत्रमा पर्ने खनियाँबास गाउँपालिकामा छिरिङ तामाङलाई पेस्तोल सहित शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
यस अघिका निर्वाचनहरुमा आचार संहिता कार्यान्वयनमा फितलो भएको जनगुनासो आएपछि जिल्ला प्रशासनले उत्तरी क्षेत्रलाई विशेष सुरक्षा घेरामा राखी आचार संहिता कार्यान्वयन गर्दै आइरहेका छ ।
शुक्रबार राती पक्राउ पर्ने छिरिङतामाङ खनियाबास गाउँपालिका प्रमुखमा नेपाली काँग्रेको तर्फबाट उम्मेदवारी दिइएका रणबहादुर तामाङका छोरा हुन् ।
यस्तै थाँक्रे, ज्यामरुङ, र सल्यानटारबाट पनि आचार संहिता उल्लङ्घन गरेको आरोपमा शुक्रबार राती विभिन्न दलका कार्यकर्ताहरुलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।