गल्छीमा काँग्रेस र माओवादी केन्द्र बीच तालमेल प्रमुखमा बिनोद र उपमा मिरा

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०७४

धादिङबेसी बैशाख २७ । धादिङमा नेपाली काँग्रेस माओवादी केन्द्र बीच बुधवार गल्छी गाउँपालिकामा तालमेल भएको छ ।

गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका विनोदबहादुर कार्की र उप प्रमुखमा मिरा झ्यारी मगरलाई मतदान गर्ने गरि तालमेल भएको गल्छीबाट सन्तोष अधिकारीले धादिङपोष्टलाई जानकारी गराउनु भयो ।

धादिङका विभिन्न गाउँपालिकामा यसअधि नै काँग्रेस र माओवादी केनद्र बीच तालमेल भै सकेको छ भने यो पछिल्लो चरणमा गल्छीमा पनि तलमेल भए सँगै यी दलहरु संयुक्तरुपमा बुधबारबाटै घरदैलो सुरु गरेको समेत अधिकारीले बताउनु भयो ।

बुधबार दुबै पार्टीका गाउँपालिकाका नेताहरुको उपस्थितिमा लिखित सहमति भएपछि प्रमुख र उपप्रमुख पदका लागि तालमेल भएपनि वर्डामा भने सहमति हसन सकेन । वडामा एकल लडेपनि प्रमुख दुईपदका लागि सहकार्य भयो चुनाव हामी जित्छौ उपप्रमुखका उम्मेदवार मिरा झ्यारी मगरले बताउनु भयो ।